साइबर सेनाको कमान्डर भनेपछि आक्रोशित सन्तोष शेन, प्रमाणित गर्न दिपक र प्रकाशलाई दिए चुनौती


दशैँमा रिलिज भएका दुई नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को व्यापार आक्रामक रहेको छ । फूलपातीबाट रिलिज भएका यी दुई चलचित्रको दर्शकचाप आजसम्म पनि कमी आएको छैन। तर दुवै चलचित्रले बक्स अफिसमा आक्रामक व्यापार गरे पनि दुई चलचित्रका निर्माता बिचको शीतयुद्ध भने जारी रहेको छ। संगै आउने चलचित्रमा व्यावसायिक इगो रहनु सामान्य बिषय हो। तर चलचित्र ‘छक्का पन्जा ५ ‘ का प्रचार सामाग्री देखि अन्य ठाउँमा पनि ‘१२ गाउँ’ को मात्र नाम आएपछि ‘छक्का पन्जा’ टीमले यसलाई साइबर सेनाको संज्ञा दिएका थिए।

साइबर सेनाको बहस रिलिज पछाडी पनि छेडिएको थियो। केदार घिमिरे माग्ने बुढाले त यहि शब्द प्रयोग गरेकोमा सार्वजनिक माफी समेत मागेका थिए। बिस्तारै सेलाउदै गएको यो बिषय फेरी चर्किएको छ । हालै प्रकाश सुवेदीको ‘द प्रकाश सुवेदी शो’ मा प्रकास सुवेदीले निर्माता सन्तोष शेनलाई कुन रुपमा चिन्नु हुन्छ भनेर दिपकराज गिरिलाई सोधेका थिए।

दीपकराजले सेनलाई साहसी निर्माताको रुपमा चिन्ने अभिव्यक्ति दिएका थिए। पत्रकार सुवेदीले शेनलाई अहिले कमान्डर भन्ने गर्छन् नि भनेर प्रतिप्रश्न गरेका थिए । अहिले बजारमा शेनले नै साइबर सेना लगाएको चर्चा रहेको पनि सुवेदीले प्रश्नमा समावेश गरेका थिए ।
जवाफमा दीपकराजले पनि आफूले त्यही सुनेको प्रतिक्रिया दिए । दिपकले पनि आफुले सुनेको तर सुनेको भरमा नै कसैमाथी आरोप नलगाउने बताएका थिए।

केहि दिन अगाडी सार्वजनिक यो अन्तर्वार्ताको पश्चात निर्माता शेन आक्रोशित भएका छन् । उनले समाजिक संजालमा एक भिडियो पोष्ट गर्दै बिना प्रमाण लाल्छना लगाएको र आफूबाट यो काम भएको प्रमाणित भएका जेल जान तयार रहेको प्रतिक्रिया दिएका छन् ।

शेनले जसले दुवैको कानमा यो कुरा पुर्याएको छ उसलाई उभ्याएर सोध्नुपर्ने माग राखेका छन्। दिनहु सयौ म्यासेजमा यहि बिषयमा प्रश्न आउन थालेपछि आफू बोल्न बाध्य भएको शेनले बताएका छन्। यस्तो छ उनले बोलेको पुरा भिडियो:

https://www.facebook.com/sen.santosh/videos/1065995995206587

प्रतिक्रिया दिनुहोस्