‘१२ गाउँ’ को पहिलो हप्ताको कलेक्सन सार्वजनिक, १० करोडको आंकडा पार


असोज २४ गते फूलपातीबाट रिलिज भएको चलचित्र ‘१२ गाउँ’ ले एक हप्ताको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बिराज भट्टको निर्देशनमा तयार भएको चलचित्रले एक हप्तामा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ । दर्शकको राम्रो साथ पाएको चलचित्रले लगातार हाउसफुल व्यापार गरिरहेको र शोप थपिदै गएको कारण कलेक्सन अझै बढ्ने वितरक गोविन्द शाहीले जानकारी दिएका छन्।


चलचित्रमा विराज भट्टको साथमा समिर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के,सोनु चन्द्रपाल, अर्जुन जंग शाही, शुलेमान शंकर (इकु), सन्तोष सरकार लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्