‘ज्वाईसाब’ को कलेक्सन सार्वजनिक, १० दिनको कमाईले निर्माण टिमलाई कति राहत?


असोज २४ गते फूलपातीबाट रिलिज भएको चलचित्र ‘ज्वाईसाब’ ले आफ्नो कलेक्सन सार्वजनिक गरेको छ। ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’ को चेपुवामा परेको चलचित्रले १० दिनमा ३ करोड २५ लाखको ग्रस कलेक्सन गरेको आंकडा निर्माण टिमले सार्वजनिक गरेको छ। सिमित शोमा रिलिज भएको चलचित्रको यो कमाई निर्माण टिमका लागी सन्तोषजनक बन्न सक्छ।

दुई कलाकार जितु नेपाल र नीति शाहको लागि बक्स अफिसको यो आंकडा निर्मातालाई भन्दा बढी राहतको बिषय बन्न सक्छ। छक्का पन्जा टिमबाट बहिरिएपछि व्यावसायिक सफलताको खोजिमा रहेका जितु र डेव्युमा नै असफलताको स्वाद चाखेकी नीतिको लागी यो चलचित्र राहात बनेको छ।

पाएका शोमा हाउसफुल व्यापार गरिरहेको चलचित्रले शो वृद्धि गर्न भने सकिरहेको छैन। दुई चलचित्रको व्यापार र दर्शकमा कमि नआएपछि यो चलचित्रले सोचे अनुसारको कमाई गर्न सकेको छैन। वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा जितु र नीतिको साथमा बुद्धि तामाङ्ग, हिमेश पन्त लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्