एक्सन अवतरमा देखिदै विपिन कार्की, ‘कर्मा’ रिलिज तय


‘अगत्स्य’ निर्देशन गरेर चर्चामा आएका निर्देशक सौरभ चौधरीको निर्देशनमा तयार हुने चलचित्र ‘कर्मा’ मा विपिन कार्की अनुबन्धित भएका छन्। उनलाई मुख्य भूमिकामा अनुबन्धित गर्दै चलचित्रको रिलिज मिति तय गरिएको छ। चलचित्र चैत्र २९ गतेबाट प्रदर्शनमा आउनेछ।

चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन्। चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा बसन्त लम्सालको लगानी रहेको छ। चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्