किन सर्यो कार्तिक १५ बाट प्रदिपको ‘एक्टर’ ?


कार्तिक १५ गतेलाई रिलिज मिति तय गरको चलचित्र ‘एक्टर: टेक वन’को प्रदर्शन मिती पोस्टपोण्ड भएको छ । प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी प्रमुख भूमिकामा रहेको चलचित्र अव माघ १६ बाट रिलिज हुनेछ। यो चलचित्र दिव्याको डेव्यु चलचित्र हो भने राजबल्लब कोईरला यहि चलचित्र बाट कमब्याक गर्दैछन्।

यी चारको साथमा चलचित्रमा दिव्य देव, उषा रजक, र सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई राजन भुषालले निर्देशन गरेका छन्। चलचित्रको निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। मानवीय र प्राविधिक समस्याका कारण चलचित्रको रिलिज मिति पोष्टपोण्ड भएको निर्माण टिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्