किन एकपछि अर्को चलचित्रबाट बाहिरिदैछन् पल शाह?


केहि बर्ष अगाडीसम्म अभिनेता पल शाहको चर्चा उचाईमा थियो । उनको सकारात्मक छवी उनको करियरका लागी थप मलजलको बिषय रहेको थियो। समाजसेवामा पनि आफ्नो सक्रियता जनाएका पल शाहको करियर बलात्कार मुद्धामा परेपछि रोकियो। एक बर्षको हिरासत जीवन बाट बाहिरिएका पल शाहको डिमाण्ड म्युजिक भिडियो र चलचित्रमा उच्च रहेको थियो। उनि लगातार एक पछि अर्को चलचित्र अनुबन्धित भैरहेका थिए।


तर जति चलचित्रमा उनि अनुबन्धित भए ती प्राय चलचित्रमा अहिले उनि रहेका छैनन् । चलचित्र ‘मायाका रंगहरु’मा मनिष राउत अनुबन्धित भएपछि पल नरहने चर्चा रहेको छ। चलचित्र ‘कल्ली’ मा सौगात मल्ल अनुबन्धित भैसकेका छन्। पल शाहलाई लिएर घोषणा गरिएको चलचित्रमा पल नै बाहिरिएका छन्। ओम प्रतिकको चलचित्र ‘मोहर’ कहिले निर्माण हुने हो त्यसको केहि औपचारिक जानकारी आएको छैन।

सुर्य बोहोराले पल र बर्षा राउतलाई लिएर निर्माण गर्ने भनिएको चलचित्र ‘अवतार’ को पनि निर्माण टुंगो रहेको छैन। बोहोराले अर्को नयाँ चलचित्रको घोषणा गरिसकेका छन्।

चलचित्र ‘रावायण’ व्यावसयिक सफल हुन् नसक्नु र समीक्षात्मक हिसाबले अब्बल नहुनु र उनको लुक्सको ट्रोलले उनलाई ठुलो प्रभाव पार्यो। उक्त समयमा आएका केहि अन्तर्वार्ताका क्लिप्स पनि उनको करियरको यो यात्राका लागी त्यति फलदायी नबनेको चर्चा छ।
जे होस् अब यी सबै आरोह- अवरोहलाई पार गर्दै पल शाहले कसरी आफ्नो करियरको यात्रालाई अगाडी बढाउने हुन् त्यो भने हेर्न बाँकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्