मनिष राउतको इन्ट्रीपछि ‘मायाका रंगहरु’ बाट बाहिरिएका हुन् पल शाह?


चलचित्र ‘ मायाका रंगहरु’ मा मुख्य अभिनेताको रुपमा मनिष राउतको प्रवेश भएको छ। केहि हप्ता अगाडी नै मनिषलाई चलचित्रका लागि सम्झौता गरिएको थियो। तर निर्माण टिमले उनको जन्मदिनको अवसर पारेर एक पोष्टर सार्वजनिक गर्दै उनी लिड भूमिकामा देखिन लागेको जानकारी दिएको हो ।

चलचित्रमा केहि समय अगाडी पल शाह लगायतका कलाकारलाई सम्झौता गरिएको थियो। मनिषको इन्ट्रीसंगै चलचित्रबाट पल शाह बाहिरिएको बुझिएको छ । निर्देशक सहितको निर्माण टिमले चलचित्र नयाँ तरिकाबाट सुरुवात भएको बताएका छन्। यसको मतलब पल चलचित्रमा नरहने आशय बुझ्न सकिन्छ । तिहारपछि छायांकन हुने चलचित्रका लागी पलले समय दिन आनाकानी गरेको चर्चा रहे पनि दुवै पक्षले यस बिषयमा वोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्