छायांकन अगावै ‘हरिबहादुरको जुत्ता’ को डिजिटल राइट ओएसआर डिजिटलले महँगोमा रकममा किन्यो


दिपेन्द्र के खनालको निर्देशन र एस एम पिक्चर्स प्रालिको प्रस्तुतीमा तयार हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ को केहि समय अगाडी निर्माण घोषणा गरिएको थियो। चलचित्र विकास बोर्डमा नाम दर्ता गर्दै सामाजिक संजालबाट निर्माण घोषणा गरिएको चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुत कलाकारको रुपमा पक्का भैसकेका छन्। यो चलचित्रमा पछिल्लो समयकी चर्चित अभिनेत्रीलाई अनुबन्ध गर्ने चर्चा रहेको छ।


केहि महिना पछाडी छायाकनमा जाने तयारीमा रहेको चलचित्रको डिजिटल राइट्स बिक्रि भएको छ। चलचित्रको डिजिटल राइट्स ओएसार डिजिटलले किनेको छ। बुझिए अनुसार यो चलचित्रलाई ओएसआरले महँगो रकम तिरेर किनेको छ। चलचित्रको निर्माण टिमले रकम खुलाउन नचाए पनि पछिल्लो समयमा चर्चित चलचित्रका सिक्वेललाई बराबर रकम यो चलचित्रलाई तिरिएको छ। चलचित्रलाई सरोज ओलीले निर्माण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्