एक्सनले भरिएको विराज र समिरको ‘१२ गाउँ’ ट्रेलर


असोज २४ गते फूलपाती बाट रिलिजको तयारीमा रहेको चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ। एक्सनले भरिएको ट्रेलर पावरफुल देखिएको छ। विराज भट्ट र समिर भट्टको एक्सन ट्रेलरमा आकर्षक देखिएको छ। बिराज पुत्र समिरको यो डेव्यु चलचित्र हो। उनको एक्सन, डाइलग डेलिभरीलाई दर्शकले रुचाइरहेका छन्।

विराज भट्टको निर्देशनमा तयार भएको चलचित्रमा समिर र विराजको साथमा न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, दिया मास्के, नरेन खड्का, अर्जुन जंग शाही लगायतका कलाकारको अभिनय रहेको छ।

सरस्वरि भट्ट निर्माता रहेको चलचित्रमा सन्तोष सरकारको कथा, महेश पौडेल र राजु लामाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन र स्टन्ट शिल्भा र शंकर महर्जनको एक्सन निर्देशन रहेको छ। अर्जुन पोख्रेल र निरज सिंहको शब्द रचना र संगीत चलचित्रको गीतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्