ऋचा शर्माको सारंग’ मंसिर ७ बाट प्रदर्शनमा आउने तय


अभिनेत्री ऋचा शर्माको शीर्ष भूमिका रहेको चलचित्र ‘सारंग’ मंसिर ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। बिहीबार चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। गलामा रातो पोते लगाएकी विवाहित महिलाको भूमिकामा ऋचा देखिएकी छिन्।

उत्पल झासंग खुसी भावमा देखिएकी ऋचाको साथमा पोस्टरमा बालकलाकार सम्राट थापा र आदित्य कार्की प्रस्तुत छन् । बाल मनोविज्ञान र धनी-गरिबको खाडलको विषयमा चलचित्र निर्माण भएको बुझिएको छ। प्रशान्त तामाङको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको छ।

समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, विश्व स्याङ्वो लगायतको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्