नेपालसंगै अष्ट्रेलियाका ५० हलमा ‘छक्का पन्जा ५’ एकसाथ रिलिज हुने


असोज २४ गते फूलपातीबाट रिलिज तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ५’ फूलपातीका दिन बाट नै अस्ट्रेलिया रिलिज तयारी गरिएको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी हलमा प्रदर्शन हुनेछ। अस्ट्रेलियाको प्रदर्शन अधिकार शीतल गिरीले लिएका छन्।

अस्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिंदै थियो। यसपटक भने चलचित्र नियमित रिलिज हुने गिरीले बताए । चलचित्रको अस्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा आइएमईको प्रस्तुति रहेको चलचित्रमा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’ लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्