दर्शकले रुचाउदै ‘कमेडी दरबार’, चलचित्र प्रमोशनको रोजाईमा पर्दै


हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ लाई दर्शकले राम्रो साथ दिईराखेका छन्। भदौ १४ गतेबाट दयाहाङ राई र रेखा थापालाई पहिलो अतिथि बनाएर सुरु गरिएको यो शोले दर्शकको राम्रो साथ पाउँदै गएको छ। केमेडीयनहरुको प्रस्तुती र गौरी मल्ल र विजय बराललाई महारानी र महाराजको रुपमा राखिएर तयार पारिएको यो शोको पहिलो एपिसोडले नै १२ लाख बढी दर्शकको साथ पाएको छ। यो संगै सर्वजनिक भएका अन्य हप्ताका एपिसोडले पनि दर्शकको साथ पाउदै गएको छ।

केहि भाग मात्र प्रसारण भएको शो पछिल्लो समय चलचित्र प्रमोसनको रोजाइमा पनि पर्दै गएको छ। असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘खुस्म’ र असोज १७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टीम प्रमोशनका लागी यो शोमा पुगिसकेका छन्। चलचित्र ‘ज्वाईसाब’ को टीम पनि यो शोमा पुग्ने तयारीमा रहेको छ। यसरी हेर्दा यो शो चलचित्र प्रमोसनको हब बन्ने पक्का देखिएको छ।


सिडी बिजय अधिकारी, नम्रता सापकोटा, पबित्रा साकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त र बिकाश अर्याल कमेडीयनको रुपमा यो शोमाआबद्ध छन् । उनीहरुले जोडीको रुपमा प्रस्तुती दिँदै आएका छन् । बिशेषगरी उपस्थित पाहुनाहरुलाई लक्षित गर्दै गरिएको ब्यंग्यलाई दर्शकले निकै रुचाएको देखिन्छ । शोलाई पुर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गरिरहेकी छिन् । शोलाई बिक्की अगरवाल र श्रृद्धा प्रसाईले निर्देशन गरिरहेका छन्। शो प्राईम टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्