गीतले बढेको ‘ज्वाइँ साब’ को चर्चा, नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदै


चलचित्रका प्रचार सामाग्रीलाई दर्शकले दिएको प्रतिक्रियाले पनि बक्स अफिसमा यसको व्यापार कस्तो रहने भन्ने थोरबहुत आंकलन गर्न सकिन्छ। यहि क्रममा असोज २४ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने चलचित्र ‘ज्वाइँ साब’ को चर्चा बढेको छ। केहि दिन अगाडी सार्वजनिक भएको ‘कसम बत्तीको’ बोलको गीतले चलचित्रको चर्चा बढेको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए । गीतले युट्युवमा एक मिलियन भन्दा बढी भ्युज प्राप्त गरेको छ।

पहिलो गीत रिलिज भएपछि विदेशमा राम्रो माग बढेको पनि निरौलाले बताए । अब यो चलचित्र विदेशमा र नेपालमा एकै दिन रिलिज गर्ने समेत उनले बताए । मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको निर्माण रहेको चलचित्रमा विजय वस्याल कार्यकारी निर्माताको रुपमा रहेका छन्।

रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा चलचित्र निर्माण भएको छ। चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्