‘पूर्ण बहादुरको सारङ्गी’ को मर्मस्पर्शी गीत ‘काँधेकुरी’ सार्वजनिक


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द रचना, संगीत तथा स्वरमा रहेको ‘काँधेकुरी’ गीत सार्वजनिक भएको हो।

निकै मर्मस्पर्शी गीतले दर्शकको मन जितिरहेको छ। मार्मिक गीतको अडियो र भिडियोमा एक बाबुले छोराको प्रगतिका लागि गरेको दुःख, मिहिनेत र सपना प्रस्तुत गरिएको छ। छोरा प्रकाश सपुत र बुबा विजय बरालका दृश्यहरु भिडियोमा कैद गरिएको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको चलचित्रमा सरोज पौडेलको कथा तथा निर्देशन रहेको छ। चलचित्रमा प्रकाश र विजयसंगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, लगायतको अभिनय रहेको छ । चलचित्र कार्तिक १५ गते लक्ष्मीपूजाबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्