‘पिताम्बर’ बाट आंचल अलग, प्रदिपको जोडी बन्दै दिव्या रायमाझी ?


अभिनेत्री आंचल शर्मालाई अहिले चलचित्रको लागी समय मिलाउन मुस्किल रहेको छ। उनी अनुबन्धित तीन चलचित्र ‘पिताम्बर’ ,‘दुःखी आत्मा’ र ‘जेरी अन टप’ एकसाथ छायांकनमा निस्किएपछि आंचललाई सकस थियो। उनी यतिबेला ,‘दुःखी आत्मा’ को सुटिङ्गमा व्यस्त रहेकी छिन्। उनै आंचलले समय व्यवस्थापन गर्न नसक्दा चलचित्र ‘पिताम्बर’ बाट अलग भएकी छिन्। आपसी सहमतिमा नै आंचल चलचित्रबाट अलग भएकी हुन्।


नवलपरासीमा ‘पिताम्बर’ को सुटिङ्ग भैरहेको छ। आंचल चलचित्रबाट बाहिरिएपछि चलचित्रमा अभिनेत्री दिव्या रायमाझीको प्रवेश हुने भएको छ। उनि यतिबेला नवलपरासीमै रहेकी छिन्। चलचित्रमा उनको जोडी प्रदिप खड्कासंग बाँधिनेछ। दिव्या र प्रदिपले चलचित्र ‘एक्टर’ मा संगै सहकार्य गरेका छन्।


कृषा चौलागाईको निर्देशनमा तयार भैरहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, आर्यन सिग्देल, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्