मोफसल यात्रामा पल र पूजा: नेपालगन्ज र दाङ्गमा दर्शकको साथ


भदौ २१ गतेबाट रिलिज भएको चलचित्र ‘रावायण’ को टिम यतिबेला मोफसल यात्रामा रहेको छ। पश्चिम नेपालको यात्रामा पल शाह र पूजा शर्मासहित निक्सिएको टीमले आज नेपालगन्जका हलहरुमा दर्शकसंग भेटघाट गर्यो। चलचित्र टिम आउने भएपछी नेपालगन्जका दर्शकको उपस्थिति राम्रो देखिएको थियो ।

रिलिज देखि नै नेपालगन्जमा चलचित्रले राम्रो व्यापार गर्दै आएको छ । नेपालगन्जपछि पलको गृह जिल्ला दाङ्गमा चलचित्रको टिम पुगेको थियो। पल र पूजाका फ्यानले दुवैको भव्य स्वागत गरेका थिए।

मिश्रित प्रतिक्रिया बटुलिरहेको चलचित्रले आफ्नो व्यापारिक गतिलाई बढाउने कोसिस गरिरहेको छ। चलचित्रको टिम आज धनगढी पुग्ने कार्यक्रम रहेको छ । रिलिजको दिन दर्शकको राम्रो साथ पाएको चलचित्र त्यो पछि केहि शान्त देखिएको थियो। विस्तारै चलचित्रले दर्शकको साथ बटुल्दै गएको छ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पल शाह दोहोरो भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्