अपर मुस्ताङमा ४५ लाखमा सेटमा प्रदिपको ‘एक्लो’ खिचिदै


अहिलोको समयका सर्वाधिक व्यस्त अभिनेताको रुपमा रहेका छन्, प्रदिप खड्का। उनको हातमा एकपछि अर्को चलचित्र रहेका छन्। छायांकनको चटारोमा रहेका प्रदिपले भर्खरै ‘एक्टर’को छायांकन सम्पन्न गरेका छन्। लगत्तै यतिबेला उनि ‘पिताम्बर’को छायांकनमा व्यस्त रहेका छन्। योपछि उनि चलचित्र ‘एक्लो’ को छायांकनमा जोडिने छन् । एक सातादेखि अपर मुस्ताङमा चलचित्रको छायांकन भैरहेको छ ।

प्रदिप बाहेकका दृश्यहरुको छायांकन भैरहेको छ। चलचित्रको टिमले छायांकनका लागी करिव ४५ लाखमा सेट तयार पारेको छ। साइन्स-फिक्सन कथामा आधारित रहेर निर्माण भइरहेको चलचित्रमा प्रदिप अन्तरिक्ष यात्रीको भूमिकामा रहने चर्चा छ। यसका लागी सुट समेत तयार पारिएको छ। निकै महत्वकान्क्षी प्रोजेक्टको रुपमा रहेको चलचित्रको अपर मुस्ताङपछि १५ दिनको सेड्युलमा काठमाडौंमा खिचिनेछ ।

चलचित्रमा प्रदीपसँगै, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, बेलायती अभिनेता जेमी बेकम,विनोदकुमार सुवेदी (क्षितिज) लगायतको अभिनय रहनेछ । राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन निर्माता रहेको चलचित्रलाई प्रदिप शाहीले निर्देशन गर्दैछन्। सन् २०३० सम्म एक घातक महामारीका कारण मानिसले पृथ्वी छोड्न बाध्य भएको कथामा चलचित्र निर्माण हुँदैछ।

प्रतिक्रिया दिनुहोस्