‘नरसिंहाः अवतार’मा हमालसँग पर्दा शेयर गर्न लागेका रमेश को हुन् ?


नायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ छायांकन अगावै चर्चामा छ । यो चलचित्रमा कलाकारहरुको लाइनअप पनि बलियो बनेको छ । यही चलचित्रमा एक जना कलाकारको अभिनय रहनेछ, जसको नाम हो रमेश चन्द सोडारी ।
उसो त रमेशले काम गर्न लागेको यो पहिलो चलचित्र भने होइन । तर, यो फिल्ममा उनले आफ्नो वास्तविक अभिनय क्षमता देखाउन पाउनेछन् भन्ने विश्वास निर्देेशक दिवाकर भट्टराइको छ । सोडारीले फिल्म ‘मन त परदेशी’ मा अभिनय गरिसकेका छन् । उनले चलचित्र ‘साङ्लो र वानर सेना’मा पनि काम गरिसकेका छन् ।


सोडारीका लागि अब चलचित्र ‘नरसिंहाः अवतार’ विशेष बन्ने अपेक्षा छ । करिब ८ दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेका यी कलाकारले एक दशक लामो समयदेखि चलचित्र क्षेत्रमा संघर्ष गरिसकेका छन् ।
उनी, जिमनेस्टिक, मार्सल आर्टमा समेत निपूर्ण छन् । यसैले, एक्सनप्रधान फिल्म ‘नरसिंहाः अवतार’मा उनले आफ्नो एक्सनको कला कौशल देखाउन पाउने अपेक्षा गरिएको छ ।
यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, रमेश चन्द सोडारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो चलचित्रबाट चलचित्र क्षेत्रमा एक्सन नायकको रुपमा जम्ने अपेक्षा सोडारीको छ ।

प्रतिक्रिया दिनुहोस्