प्रदिप र सौगातको सट लिदै कृषाले सुरु गरिन् ‘पिताम्बर’


सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै चलचित्र ‘पिताम्बर’ को छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो । निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचलले ‘वर एण्ड वधु’ रिलिजपछि चलचित्रको छायांकनमा जोडिने छन् ।

केही दिनमा काठमाडौंको छायांकन सकेर निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ । पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थिो । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो ।

चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ । चलचित्रमा अभिनेता आर्यन सिग्देल पनि बिशेष भुमिकामा देखिने छन् ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । चलचित्रको बजेट ५ करोड माथी बताईएको छ।

प्रतिक्रिया दिनुहोस्