‘तेल भिषा’ को पहिलो गीत, भिडियोमा चलचित्रका दृश्यहरु


शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्वजनिक भएको छ। सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्रको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर रहेको छ ।

गीतको लिरिकल भिडियोमा चलचित्रका कलाकार विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड रहेका छन्।


चलचित्रमा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । ‘तेल भिसा’ बाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । आगामी मंसिर ७ गतेबाट चलचित्र नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्