दश हजार बढीको उपस्थितिमा आंचल र विवेक, बनेपामा गरे कन्या पूजा


कृष्ण जन्माष्टमीको अवसर पारेर बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्धय कुसुम शर्मा र विजु पार्की सहभागी भएका छन् । ‘कन्या पुजा सनातन गुठी’ ले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा चलचित्र ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरेका हुन् ।सो अवसरमा कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’ मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँचल शर्माले बताइन् ।

करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् । यस्तै, चलचित्रका नायक विवेक कर्मचार्यले आफूले विगत ४ बर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’ मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए ।

भदौको १४ गते शुक्रबारदेखि रिलिजमा आउने चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको चलचित्रमा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्या पूजा’ को अवसरमा चलचित्रको टीमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्