नाजिर र शिल्पाको ‘देवी’ को सशक्त ट्रेलर, भदौ २१ मा रिलिज


भदौ २१ गतेबाट रिलिज हुने चलचित्र ‘देवी’ को ट्रेलर सार्वजनिक भएको छ। बलात्कार जस्तो जघन्य अपराध विरुद्ध बलियो आवाज उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

निकै शशक्त ट्रेलरले कानुन र व्यवस्था माथी प्रश्न उठाएको छ । सन्जोग राईको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहरी, टिका पहारी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्जिभिट स्टुडियोको प्रस्तुतीमा बाँसुरी फिल्म्सको सहकार्य रहेको चलचित्रमा रेमन गुरुङ्ग र सन्जोग राई निर्माताको रुपमा रहेका छन्। मिलन लामा, नारायण गुरुङ्ग, शिल्पा मास्के र उजेन नोर्वु गुरुङ्ग चलचित्रको सह- निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्