कमर्सियल आंचल र विवेकको ‘वर एण्ड बधु’ ट्रेलर


आंचल शर्मा र विवेक कर्माचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘वर एण्ड बधु’ को ट्रेलर सार्वजनिक भएको छ। आज आयोजिक एक कार्यक्रममा बीच सार्वजनिक भएको ट्रेलर कमर्सियल बनेको छ । डेव्यु नायक विवेक र आंचलको जोडी ट्रेलरमा आकर्षक देखिएको छ। कमेडी, प्रेम, एक्सन र मसला भरिएको ट्रेलरले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रमा आंचल र विवेकको साथमा किरण केसी, रविन्द्र खड्का, विजय लामा, अंशु महर्जन, विजु पार्की, गरिमा शर्मा, दिनेश काफ्ले, हिमेश पन्त, कुशुम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

एलआरके इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्रमा जानुका थापा निर्माता र अमित रिजाल कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्र भदौ १४ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्