नमेटिने घाउ: पिडितलाई न्याय दिने प्रधानमन्त्री ओलीको घोषणा


रमित ढुंगानाको निर्माण र निर्देशनमा तयार भएको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रामणबाट प्रभावित बनेका यूवायूवती र उनीहरुको लागि मागिएको न्यायको कथा प्रस्तुत ट्रेलरमा नेता देखि अभिनेतासम्मको अभिनय रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल देखि दर्जनौ कलाकार र रियल एसिड भिक्टिम ट्रेलरमा प्रस्तुत भएका छन्। रमित ढुंगाना, अमित ढुंगाना, ओजस्वि ढुंगाना, कृष्ण रतन ढुंगाना र श्याम रतन ढुंगानाको लगानी चलचित्रमा रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड भिक्टिमलाई न्याय दिने ट्रेलरमा संवाद बोलेका छन् । रियल लाइफमा पनि उनि प्रधानमन्त्री हुँदा नै एसिड भिक्टिमलाई न्याय दिने कानुन बनेको थियो।

प्रतिक्रिया दिनुहोस्