‘बुलाकी’ ट्रेलर: कर्णालीको विवाहोत्तर सम्बन्ध र जारी प्रथाको कथा


गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’ पुन: प्रदर्शनमा आउंदैछ। बैशाख १ गतेबाट रिलिज भएको चलचित्रले अर्को नेपाली चलचित्रको तुलनामा पर्याप्त शोज नपाएको भन्दै चलचित्रको निर्माण टिमले प्रदर्शन स्थगित गरेको थियो। चलचित्रको निर्माताले यो चलचित्रलाई साउन ३२ गतेबाट रि-रिलिजको तयारी गरेका छन्।


सोमबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा विवाहेत्तर सम्बन्धलाई देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टलाई प्रस्तुत गरिएको छ। कर्णालीको ग्रामीण जीवन र त्यहा रहेको जारी प्रथालाई ट्रेलरमा देखाइएको छ। महिलाको पिडालाई ट्रेलरमा मनछुने हिसाबले प्रस्तुत गरिएको छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्रमा रमेश बुढाथोकी, लक्ष्मी गिरी, सुशील पोखरेल, कुलदीप अधिकारी, धनबहादर राई, लक्ष्मण देवकोटा, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल लगायतको अभिनय रहेको छ । चलचित्रमा टोपेन्द्र विष्ट निर्माता र शिवराज पौडेल कार्यकारी निर्माता रहेका छन्।
चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता विराज विष्टले ‘बुलाकी’ले कर्णालीको माटो, कला, संस्कृति, भाषा बोलेको बताए ।

प्रतिक्रिया दिनुहोस्