‘नमेटिने घाउ’ का लागी प्रधानमन्त्री केपी शर्माले गरे डविङ्ग


भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’ का लागी प्रधानमन्त्री केपी शर्मा ओलीले स्वरांकन गरेका छन्। शनिबार अनामनगरस्थित म्यूजिक एरा रेकर्डिङ स्टुडियोमा उनले आफ्नो भागको दृश्यको स्वरांकन गरेका हुन्। चलचित्रमा उनी प्रधानमन्त्रीको भूमिकामा देखिएका छन्।

रमित ढुंगानाको निर्माण र निर्देशनमा तयार भएको चलचित्रमा पूर्व प्रधानमन्त्री माधव नेपाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन्। दुवैले केहि दिन अगाडी आफ्नो भागको स्वरांकन गरेका थिए। एसिड आक्रमण विरुद्धको कथामा
चलचित्र निर्माण भएकोले यस्ता घटना रोक्ने प्रतिवद्धता जनाएको दृश्यमा नेताहरुले अभिनय गरेका हुन् । ३३ जना एसिड आक्रामणका पीडितको कथालाई उठाएको चलचित्रमा पिडितहरुको अभिनय रहेको छ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, आरती आचार्य, प्रभात पाल ठकुरी, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, अखिल बजगाईं सहित दर्जनौं प्रहरीहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्