बलात्कार विरुद्धको सशक्त आवाज बोकेको ‘देवी’ टिजर


सन्जोग राईको निर्देशनमा तयार भएको चलचित्र ‘देवी’ को टिजर सार्वजनिक भएको छ। केहि बर्ष अगाडी खिचेको चलचित्रको टिजरले बलात्कार विरुद्धको कथा बोलेको छ। निकै बलियो टिजरले केहि बर्ष अगाडी सुदुरपश्चिममा घटेको नाबालिक बलात्कारपछिको हत्याको कथालाई उठाउन खोजेको बुझ्न सकिन्छ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ । एक्जिबिटी स्टुडियोको प्रस्तुतिमा बाँसुरी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्र भदौ २१ गतेबाट रिलिज हुँदैछ।

रेमन गुरुङ्ग र सन्जोग राई निर्माता रहेको चलचित्रमा मिलन लामा, नारायण गुरुङ, शिल्पा मास्के, उजेन नोर्बु गुरुङ सह-निर्माताको रुपमा रहेका छन्। जाभेद खान चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्