नेपालसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘बुलाकी’


साउन ३२ गतेबाट रि-रिलिज हुन् लागेको चलचित्र ‘बुलाकी’ को विभिन्न देशको प्रदर्शन अधिकार बिक्री भएको छ । बिहिबार यु.के., समग्र यूरोप र अष्ट्रेलियाको प्रदर्शन अधिकार एकसाथ बिक्री भएको निर्माता तथा अभिनेता विराज विष्टले जानकारी दिएका छन्।

चलचित्र वितरण तथा मनोरञ्जनात्मक गतिविधिमा क्रियाशिल कम्पनि वि.एस. इन्टरटेन्मेन्टले चलचित्रको अधिकार खरिद गरेको हो । ‘बुलाकी’ निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्राली र विएस इन्टरटेन्मेन्टबीच हालै सम्झौता भएको विष्टले बताए ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्रमा सुरक्षा पन्त, विराज विष्ट, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, रमेश बुढाथोकी, सुशिल पोखरेल लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्