समिक्षा अधिकारीको स्वरमा नारी वेदनाले भरिएको ‘बुलाकी’ गीत


साउन ३२ गतेबाट पुनः रिलिज हुन लागेको चलचित्र ‘बुलाकी’को नयाँ गीत ‘सधैं पछि परन्या हुन् स्त्री’ सार्वजनिक भएको छ। नारी वेदना प्रस्तुत गीतमा समीक्षा अधिकारीको स्वर, बाबुल गिरीको शब्द तथा संगीत छ ।


छत्रेश्वरी म्यानेजमेन्टको ब्यनारमा निर्माण भएको चलचित्रको सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकारहरू सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्का देखिएका छन् । यस्तै, भिडियोमा सरस्वती खत्री, रमेश वुढाथोकी, सुशील पोखरेल लगायतका कलाकारहरूलाई पनि प्रस्तुत गरिएको छ । यो लक्ष्मण सुनारले यो फिल्मको निर्देशन गरेको चलचित्र स्वर्गीय मोती विष्टको प्रस्तुतिमा बनेको हो। चलचित्रलाई निर्माता टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्