नाजिर र गौरवको ‘देवी’ लुक्स, भदौ २१ मा रिलिज पक्का


नाजिर हुसेन, गौरव पहारी तथा शिल्पा मास्के स्टारर ‘देवी’ ले आफ्ना दुई शीर्ष पुरुष कलाकारको पात्र पोस्टर सार्वजनिक गरेको छ । चलचित्रले अभिनेता गौरव पहारी र नाजिर हुसेनको दुई पोष्टर सार्वजनिक गरेको हो । अभिनेत्री शिल्पा मास्केको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । क्राइम थ्रिल रजनरामा निर्माण भएको चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा निर्माण भएको चलचित्र भदौ २१ गतेबाट रिलिज हुँदैछ।

बाँसुरी फिल्म्ससँगको सहकार्यमा निर्माण भएको चलचित्र नेपाल सहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । चलचित्रमा अभिनेत्री शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी तथा नाजिर एक संस्था सञ्चालकको भुमिकामा पर्दामा प्रस्तुत हुनेछन् । रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्