दुई दिनमा डेढ करोड कमाएको ‘घरज्वाइँ’ को कस्तो व्यापार?


दयाहाङ राई अहिलेका हिट मेसिन हुन्। निर्माताको पहिलो रोजाईको अभिनेताको रुपमा रहेका दयाका एकपछि अर्को चलचित्र रिलिज भैरहेका छन् । पछिल्लो समय दयाका चलचित्र दर्जनौमा रिलिज भैरहेका छन् । तर उनका चलचित्र मध्ये जातिया कथा जोडिएका चलचित्र मात्र पछिल्लो समय सफल हुँदै आएका छन्। समाजमा रहेका विभिन्न जातिय र संस्कृतिक कथाका चलचित्रले व्यापारिक रुपमा उनलाई सफल बनाईरहेका छन्। जारी, दयारानी, गाउँआएको बाटो लगायतका चलचित्रले उनलाई समीक्षात्मक र व्यापारिक हिसाबले साथ दिईरहेका छन् ।


यहि बीचमा उनले अभिनय गरेको चलचित्र ‘घरज्वाइँ’ यतिबेला हलमा रिलिज भैरहेको छ । मगर संस्कृतिमा आधारित रहेको पहिलोपटक तयार भएको यो चलचित्रको निर्माण टिमले आइतबार चलचित्रको दुई दिनको कमी सार्वजनिक गरेको छ। निर्माण टिमले डेढ करोड ग्रस कलेक्सन गरेको आंकडा सार्वजनिक गरेको छ । शुक्रबार र शनिबार सुखद कमाई गरेको चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न अझै केहि दिन राम्रो व्यापार गर्नुपर्ने देखिन्छ। हलमा ठिकठाक व्यापार गरिरहेको यो चलचित्रलाई हिट दिन सके दयाको करियरमा अर्को सफलताको झन्डा गाडिने पक्का रहेको छ। चलचित्रमा उनको जोडीको रुपमा मिरुना मगर रहेकी छिन् ।

अनिल बुढा मगरको निर्देशनमा तयार भएको यो चलचित्रमा जनक घर्ती मगरको लगानी छ । चलचित्रमा शिशिर वाङ्देल, वुद्दि तामाङ, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्