‘ईश्वर’ नयाँ गीतमा रोमान्टिक अनु र पृथ्वी


चलचित्र ‘ईश्वर’को नयाँ गीत ‘तिमी आयौं’ सार्वजनिक भएको छ । कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु पृथ्वीराज प्रसाई र अनु शाह फिचर्ड छन् । राजु गिरीको निर्देशनमा तयार भएको यो फिल्ममा ध्रुव थापा, सुनील थापा, वुद्दि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र,आ हरिबहादुर थापाको निर्माण, लक्ष्मी कुँवरको प्रस्तुति रहेको छ । चलचित्र साउन ११ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्