‘आउटल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन ?


फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो चलचित्र असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।


चलचित्रमा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबिच, निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । यसले, चलचित्रमा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । चलचित्रको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै चलचित्रको छायांकन गरेको हो ।


अमित अग्रहरीको निर्माणमा तयार भएको यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो चलचित्रमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो चलचित्रमा साहिल खानको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्