फ्राइडे रिलिज: हलमा पूजाको ‘दान्भी’ र बायोपिक ‘आचार्य’


असार ७ गते शुक्रबार बाट दुई नेपाली चलचित्र रिलिज भएका छन् । एक्सन जनराको ‘दान्भी’ र भक्तराज आचार्यकोको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।

प्रशान्त रसाईलीको निर्देशनमा तयार भएको चलचित्र ‘आचार्य’ स्वर्गीय गायक भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक हो । १३ वर्षपछि पुनः रिलिज गरिएको चलचित्र स्वर्गीय गायक आचार्यको लागी ‘ट्रिब्युट’ हो। रोशन राईको निर्माण रहेको चलचित्रमा सत्यराज आचार्य, सुनिल पोखरेल, दयाहाङ राई, अरुणा कार्की, सौगात मल्ल, विपिन कार्की आदिको अभिनय छ । भक्तराज आचार्यको जीवनको उतारचढावमा निर्माण भएको चलचित्रमा उनको भूमिका सत्यराजले गरेका छन् ।

रुपेश तामाङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’ एक्सन प्रधान चलचित्र हो। महिला एक्सनमा केन्द्रित भएको चलचित्रमा पुजा शर्माले एक्सन लेडीको भूमिका निर्वाह गरेकी छिन्। महिला केन्द्रित एक्सन चलचित्र निर्माणमा कमी भएको बेला यो चलचित्र दर्शकका लागी फरक स्वाद बन्न सक्छ। चलचित्रमा पुजाको साथमा कुन्साङ्ग बोमजोम, किरण श्रेष्ठ , राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ। देव मगर र अनुप गडाल चलचित्रको निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्