प्रेमगीतलाई पछि पर्दै ‘छक्का पन्जा ३’ ले राख्यो युट्युवमा रेकर्ड


युट्युवको बजार बिस्तारसंगै नेपाली चलचित्रलाई डिजिटल दुनियाँमा हेर्ने दर्शकको ठुलो भिड रहेको छ। पछिल्लो समय निर्माताको लगानी बच्ने थोरै आधार डिजिटल राइट्स पनि बन्दै आएको छ। युट्युवको भ्युजलाई प्रमोसनको मापक र सफलताको सुत्रधारको रुपमा समेत हेर्दै आउने गरिएको छ । नेपाली चलचित्र इतिहासमा केहि समय अगाडीसम्म चलचित्र ‘प्रेम गीत’ युट्युवमा सर्वाधिक हेरिएको चलचित्रको रुपमा रहेको थियो ।

३२ मिलियन भ्युज यो चलचित्रको रहेको छ। रेकर्ड टुटनको लागी नै बन्ने गर्दछन्। यो रेकर्ड चलचित्र ‘छक्का पन्जा ३’ ले तोडेको छ। यो चलचित्रलाई युट्युवमा ३५ मिलियन पटक हेरिएको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरि, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका हरेक सिरिजले सुपरहिट व्यापार गर्दै आएका छन्। चलचित्रको टीम यतिबेला ‘छक्का पन्जा ५ ‘ को सुटिङ्गमा व्यस्त रहेको चलचित्र। चलचित्र दशैँको फूलपातीमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्