कन्फर्म: ‘जेरी अन टप’ मा अनमोल, आना र आंचल


नायक अनमोल केसीको चलचित्र ‘फर्की फर्की’ यतिबेला हलमा सफलताका साथ चलिरहेको छ । सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र जसिता गुरुङ्गको जोडीले दर्शकको असिम प्रेम प्राप्त गरिरहेको छ । दशौ चलचित्रबाट आफ्नो चलचित्र यात्राको नयाँ सुरुवात बताएका अनमोल यो चलचित्र पछि ‘जेरी अन टप’ को सुटिङ्गमा व्यस्त रहेनछन्।

जेरी उनको करियरको सफल चलचित्र हो । दर्शकले यो चलचित्रमा उनको र आना शर्माको जोडीलाइ सर्वाधिक रुचाएका थिए । यहि जोडीलाई लिएर निर्माता सरोज न्यौपाने नयाँ चलचित्र ‘जेरी अन टप’ निर्माण गर्दैछन्। आना र अनमोलको यो जोडी चलचित्रको पर्दामा पुन एकपटक आउने भएपछि दुवैका शुभचिन्तक उत्साहित रहेका छन् । सुयोग गुरुङ्गले चलचित्रको निर्देशन गर्दैछन्।

यो चलचित्रमा अनमोल र आनाको साथमा अभिनेत्री आंचल शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छिन्। केहि चरणको छलफल पछि निर्माण टिम र आंचलले सम्झौता गरेका छन्। आंचलको प्रवेशले चलचित्रको लाइनअप झन् रोचक बनेको छ। पछिल्लो समय आंचल एक पछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। जे होस् तीन ‘अ’ अनमोल, आना र आंचलको यो केमेष्ट्रीले चलचित्र क्षेत्रमा अर्को रोचक चलचित्र बन्ने पक्का छ।

प्रतिक्रिया दिनुहोस्