‘सतीदेवी’ पोस्टरमा मलिन मलिका महत


संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्देशन त निर्माणमा तयार भएको चलचित्र ‘सतीदेवी’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। “छोरी बुझौँ,छोरी पुजौँ,यीनै संसार सारा ´´ भन्ने लाईनका साथ चलचित्रको नयाँ पोष्टर सार्वजनिक भएको हो ।

पहिलो पोष्टरबाट नै चर्चा बटुलेको चलचित्रको दोश्रो पोष्टर भावपूर्ण देखिएको छ। रोईरहेका दुई बालिकाको बीचमा मलिन मलिका महतलाई पोष्टरमा प्रस्तुत गरिएको छ । उनको काखमा एक बच्चा समेत देखिएको छ । सामजिक कथानक चलचित्रले महिलाको कथा उठान गरेको छ। देशैभरका विभिन्न स्थानमा प्रदर्शन भएर उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्र साउन ४ गतेबाट हलमा रिलिज हुँदैछ। मलिका केन्द्रिय भूमिकामा रहेको चलचित्रमा हर्षिका वली , मन्जिला बानियाँ, भोला सापकोटा, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्