‘छक्का पन्जा ५’ सुटिङ्गमा जान तयार, दिपाको निर्देशनमा दिपकको हिरोईन को ?


नेपाली चलचित्र दर्शकका लागी आमा सरस्वती मुभिजका चलचित्र सधै प्रतीक्षामा रहने गर्दछन्। छ एकान छ देखि छक्का पन्जा ४ सम्म आईपुग्दा यो टीमले दर्शकको भरोसा राम्रोसंग जितेको छ। छक्का पन्जा सिरिज निर्माण देखि सधै चर्चामा रहेन यो टिम यतिबेला ‘छक्का पन्जा ५ ‘ को तयारीमा रहेको छ। प्रि-प्रोडक्सनको काम सकेर सुटिङ्गको लागी यो चलचित्र तयारी भएर बसेको छ । यसै हप्ता फ्लोअरमा जाने तयारीमा रहेको चलचित्रलाई नुवाकोटमा खिच्ने तयारीमा टिम रहेको बुझिएको छ । केहि दिन अगाडी निर्देशक दिपाश्री निरौला सहितको टिम लोकेशन हेर्न त्यता पुगेको बुझिएको थियो।


समसामयिक बिषयलाई चोटिलो ढंगले प्रस्तुत गर्न सक्नु यो टीमको बिशेषता हो। दिपकराज गिरिको स्क्रिप्टमा केदार घिमिरे माग्ने बुढा सहितको टिमले पटकथा संवाद तयार पर्ने गर्दछ। यो बर्षको दशैमा रिलिज तयारीमा रहेको चलचित्रको कलाकारको टीम यो पटक सार्वजनिक गरिएको छैन। चलचित्रमा को अभिनेत्री रहनेछन् भन्ने यो टिममा सधै चासो रहने गर्दछ । सो समुहसंग नीता ढुंगाना, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, दिपिका प्रसाई, बेनिशा हमाल, केकी अधिकारी जस्ता अभिनेत्रीले सहकार्य गरिसकेका छन् र सफलताको स्वाद पनि चाखिसकेका छन्। सोहि कारण पनि यो पटक को अभिनेत्री रहने भन्ने चासो देखिनु स्वभाविक रहेको छ।


चाडै नै औपचारिक घोषणाको तयारीमा रहेको चलचित्रमा अन्य कलाकार प्राय दोहोरिने गरेका छन्। दिपकराज गिरि, केदार घिमिरे माग्ने बुढा लगायत कमेडीमा आफुलाई स्थापित गरेका कलाकारको जम्भो टोलि चलचित्रमा रहने पक्का छन्। अब अभिनेत्रीको रुपमा भने कसको प्रवेश हुनेछ त्यो हेर्ने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्