गीतकार गणेश उप्रेतीको “संगै जिउने मर्ने कसम” गीत सार्वजनिक


काठमाडौं I अहिलेको लोकप्रिय गायीका मुना ठटालको सुमधुर आवाजमा सजिएको गीत “संगै जिउने मर्ने कसम” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

करुणा कंडेलको निर्माण रहेको उक्त लिरिकल भिडियो एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानलमार्फत आज शुक्रबार सार्वजनिक गरिएको हो ।यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।

रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा गायन तर्फ तेस्रो स्थान हासिल गर्न सफल यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ । एक दशक देखी गीत संगीतमा क्रियाशिल रहेका गणेश उप्रेतीको “तिम्रो दिलको”“लगन जुरेर” “लाइदेउ माया” “नजर को गुलेली” जस्ता चर्चित गीतहरु यस अघी नै सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्