के ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन् फ्रान्स पुगेकी हुन् प्रियंका कार्की?


अभिनेत्री प्रियंका कार्की फ्रान्स पुगेकी छिन् । आफ्ना पति अभिनेता आयुष्मान देशराज जोशीसंग फ्रान्स पुगेको जानकारी आफ्नो समाजिक संजाल बाट जानकारी गराएकी छिन्। प्रियंका अक्सर विदेश भ्रमणमा रहेकी हुन्छिन्। पारिवारिक भ्रमण वा कामको शिलशिलामा उनका यात्रा हुने गर्दछन्।

तर यो पटक उनको फ्रान्स यात्रा केको लागी भनेर खुलेको छैन। आजबाट फ्रान्सको कान्स सहरमा कान्स फिल्म फेस्टिभल हुँदैछ। यो विश्वको प्रतिष्ठित फिल्म फेस्टिभल हो। यसमा सहभागी हुन् काठमान्डौ महानगरपालीकाका मेयर बालेन शाह फ्रान्समा रहेका छन् । मंगलबार बाट सुरु हुने यो फेस्टिभलमा नेपालबाट आफ्नै चलचित्र लिएर पहिलोपटक अभिनेत्री सुरक्षा पन्त सहभागी भैसकेकी छिन् । त्यो भन्दा अगाडी प्रियंका पनि यो फेस्टिभलमा सहभागी भएकी थिइन्। तर उनको सहभागीतालाई लिएर अनेक प्रश्न उब्जिएका थिए।
यो पटकको प्रियंकाको फ्रान्स यात्रा कान्स फिल्म फेस्टिभलका लागी हुन् सक्ने अड्कल बाजी चलेको छ । अब उनको यात्रा फिल्म फेस्टिभलको लागी हो या पारिवारिक भ्रमण त्यो भने केहि दिनमा थाह होला।

प्रतिक्रिया दिनुहोस्