बाबु साहेब बलामीको ‘साम्राज्य’ घोषणा, भोजपुरी अभिनेताको अभिनय रहने


निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिका रहनेछ ।
निर्देशक बलामीले चलचित्र नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘देववाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ ।

अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने चलचित्रमा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जून ५ अर्थात जेठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली चलचित्रमा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्