के पिपलको बोटमा ‘बोक्सीको घर’ हुन्छ ?


हाम्रो समाजमा कतिपय स्थानमा अहिले पनि बोक्सी कुप्रथा रहेको छ। यसको पिडामा आफ्नो सुन्दर जीवन धेरै महिलाको बर्बाद बनेको छ। यस्तै समाजको कुप्राथाको उठान गरिएको चलचित्र बोक्सीको घरको टिजर सार्वजनिक भएको छ। समाजले एक महिलालाई कसरी बोक्सी बनाउछ र त्यसको प्रभाव कस्तो रहन्छ भन्ने चित्रण टिजरमा प्रस्तुत गरिएको छ।

बगिरहेको खोला अन्धकार रात र पिपलको बोटमा बोक्सीको त्रास बाट सुरुवात भएको टिजर नेपाली दर्शकका लागी नौलो स्वाद बन्न सक्छ । कलिलो उमेरमा अधवैशे पुरुषसंग बिबाह गरेकी युवती र उसको जीवनमा आइरहेको उतारचढाव टिजरमा देखाइएको छ। सामान्य युवतीलाई कसरी समाजले बोक्सी बनाउछ भन्ने कथा टिजरमा देख्न सकिन्छ। सुलक्षण भारतीको कथा र निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, स्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, जीवन बराल लगायतका कलाकारको अभिनय रहेको छ। केकी अधिकारी फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा बद्रि अधिकारी निर्माता, राज अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्र बैशाख १४ बाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्