अभिनयमा डेब्यु गर्दै शोभितकी छोरी सलिना, आर्यन साथ देखिदै


निर्देशक तथा कलाकार शोभित बस्नेतकी छोरी सलिना बस्नेत अब अभिनयमा देखिने भएकी छिन् । अष्ट्रेलिया बस्दै आएकी सलिना सामाजिक संजालमा निकै लोकप्रिय रहेकी छिन्। डकुड्रामा सिरिज ‘हामी छौं’ बाट उनले अभिनयमा डेब्यू गर्न लागेकी हुन् । बाल कलाकारको रुपमा उनलाई केहि चलचित्रमा दर्शकले देखेका थिए। सलिनाको नै निर्माण रहने डकुड्रामाका लागी बैशाखमा सलिना नेपाल आउदैछिन्।

निर्देशक तय भैनसकेको सिरिजमा नाम चलेकै निर्देशक लिने तयारी भैरहेको सलिनाले जानकारी दिएकी छिन्। सात एपिसोड रहने डकुड्रामाको हरेक एपिसोडमा अलग-अलग निर्देशक हुनेछन् । सलोन सलिना फिल्म्सको प्रस्तुतिमा बन्न लागेको यो ड्रामामा सलिनासँगै आर्यन पौडेलको पनि अभिनय रहनेछ । आर्यन यसको निर्माता पनि हुन् । आर्यन पनि अष्ट्रेलियामा नै बस्दै आएका छन्। सामाजिक संजालमा दुवैको जोडी हिट रहेको छ। डकुड्रामाको गीतमा शम्भुजित बाँस्कोटाले संगीत दिनेछन् भने आनन्द अधिकारीको शब्द रचना छ । अहिलेलाई यसको बजेट ५० लाख अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्