८२ बर्षको उमेरमा भक्तराज आचार्यको निधन, भोलि अन्तेष्टि गरिने


बरिष्ठ गायक तथा भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । ३० बर्ष देखि दुध मात्र खाएर बाँचिरहेका भक्तराजको ८२ बर्षको उमेरमा निधन भएको हो । अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि उनलाई स्वरुपराज आचार्य र संगीतकार हरि लम्सालले मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो ।

मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत सयौ हिट गीतमा उनको आवाज रहेको छ । आफ्नो जीवनकालमा झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका आचार्यलाई भोलि राष्ट्रिय सम्मानका साथ अन्तिम विधाई गरिनेछ।

प्रतिक्रिया दिनुहोस्