फागुन १९ मा विवाह गर्दै अभिनेत्री नन्दिता केसी


अभिनेत्री नन्दिता केसी बैवाहिक जीवनमा बाँधिने भएकी छिन् । नन्दिताले डा अरविन्द्र कटवालसंग विवाह गर्न लागेकी हुन् । कार्डियोलोजिस्ट कटवालसंग उनको केहि महिना आगाडी भेट भएको बुझिएको छ ।

मागी विवाहको लागी भेट भएको यो जोडीले फागुन १९ गते शनिबार विवाह गर्दैछन् । नन्दिता लामो समयबाट अमेरिकामा वस्दै आएकी छिन्। उनका हुनेवाला श्रीमान पनि अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्