लयमा फर्कदै नीतिको करियर, ‘राजा’ मा राजको जोडी बन्ने


नीति शाहको चलचित्र करियरले भने अब गति लिने देखिएको छ। चलचित्र सम्झौता गर्दै छाड्दै गर्नु पर्ने बाध्यतामा परेकी नीति अब भने एक पछि अर्को चलचित्रमा जोडिदै गएकी छिन्। उनको पहिलो चलचित्र ‘खजुरे ब्रो’ बैशाखमा रिलिज हुने पक्का भएको छ।

सवीर श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘रुखान’ मा उनि मुख्य भूमिकामा देखिदैछिन्। यहि बीचमा उनी नयाँ चलचित्रमा जोडिएकी छन्। दिवाकार भट्टराईको निर्देशनमा तयार हुने चलचित्र ‘राजा’ मा नीति शाह जोडिने पक्का भएको छ। चलचित्रमा उनको जोडी राज कटुवालसंग बाँधिएको छ। केहि बर्ष अगाडी नै घोषणा भएको चलचित्र चाडै नै सुटिङ्गमा जाने तयारीमा रहेको छ। यहि चलचित्रको लागी राजले शरीर बनाईरहेका छन्।

प्रतिक्रिया दिनुहोस्