गोर्खा सैनिकको विरताको बखानमा ‘गोर्खा वारियर’ गीत


चलचित्र ‘गोर्खा वारियर’ को ‘जय जय गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ। राजेशपायल राईको स्वर, पूर्व आईजीपी शैलेन्द्र खनालको शब्द तथा एलिस कार्कीको संगीत रहेको गीतमा गोर्खा सैनिकको बहादुरीको बखान गरिएको छ। मिलन चाम्स निर्देशित चलचित्र फागुन ११ गतेबाट रिलिज हुदैछ।

चलचित्रमा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको चलचित्रको फागुन ५ गते धरानमा प्रिमियर हुदैछ।

गत भदौमा बेलायतस्थित प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्ड’मा प्रिमियर गरिएको चलचित्रको पोखरामा र काठमाडौंमा प्रिमियर गर्ने निर्देशक चाम्सको योजना छ । सुमन राई र सुस्मिता वाइवा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता राजेन्द्र घिमिरे हुन्।
चलचित्रमा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्