विद्रोही महिलाको कथामा सवीर श्रेष्ठको ‘रुखान’


सवीर श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘रुखान’ को निर्माण घोषणा गरिएको छ। विभिन्न ४ भाषामा तयार हुने बताईएको चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। चलचित्रलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा तयार गरिने घोषणा पनि निर्माणपक्षले गरेको छ ।

कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा रहेको छ । चलचित्रका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो चलचित्र सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

निर्माण घोषणासँगै सार्वजनिक गरिएको चलचित्रको फस्टलुककमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर बिद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक यूवालाई पनि पोस्टरमा देखाइएको छ ।

चलचित्रको बिषयमा निर्देशक सविर श्रेष्ठले भने–‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं ।’ चलचित्रको मुख्य पात्रमा महिला कलाकार हुने सविरको भनाई छ । उनका अनुसार, कलाकारहरु फाइनल गर्ने क्रम जारी छ । चाडै नै, चलचित्रको मुख्य कलाकारको नाम घोषणा गरिने सविरले बताए ।

प्रतिक्रिया दिनुहोस्