जाजरकोटका भुकम्प पिडितलाई मल्हम लगाउदै ‘गोर्खा वारियर निर्माता, साथ देखिए निर्देशक मिलन चाम्स


चलचित्र निर्माता सुमन राई भूकम्पपीडितको सेवामा खटिएका छन् । बढ्दै गएको चिसोले जाजरकोट क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको खबर सार्वजनिक भएसँगै भूकम्प पीडितलाई सहयोग गर्न राई जाजरकोट पुगेका हुन् । अनुग्रह फाउन्डेसनका संस्थापक अध्यक्ष तथा चलचित्र ‘गोर्खा वारियर’का निर्माता समेत रहेका राईले जाजरकोट भूकम्पपीडितलाई ५५ परिवार लाई टेण्ट सामग्री र नगद प्रदान गरेका छन् ।


समाजसेवा गर्न रुचाउने राई स्वयं आफै उपस्थित भई जाजरकोट, नलगाड नगरपालिका ४ र ५ र बारेकोट गा बि स ९, सक्ला पुगेका थिए । उनले भूकम्पको मारमा परेका पीडित जाजरकोट बासीलाई सहयोग गर्न पाउँदा खुसी मिलेको प्रतिक्रिया दिएका छन् । राईले यस अघि विभिन्न ठाउँमा समाज सेवा मार्फत शिक्षा र सिनियर सिटिजनका लागी अनुग्रह फाउन्डेसन मार्फत सहयोग गर्दै आएका छन्।


साथै, उनले सम्पूर्ण अनुग्रह फाउन्डेसन टिम र टिम सँग जोडिएका सबैलाई धन्यवाद दिएका छन् । निर्माता राईको साथमा चलचित्र निर्देशक मिलन चाम्स जाजरकोट पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्