‘दुई कदम’ को गीतमा बर्षा र इओनको पावरफुल डान्स


अभिनेत्री बर्षा सिवाकोटीले नृत्य गरेको चलचित्र ‘दुई कदम’ को नयाँ गीत सार्वजनिक गरिएको छ। ‘ए मेरा बाबै नि’ बोलको गीतमा बर्षा संग चलचित्रका मुख्य अभिनेता इओन लिम्बु फिचर रहेका छन्। क्लबमा खिचिएको चलचित्रको गीतको भिडियो आकर्षक बनेको आशिष अविरलको संगीत र निरुषा भट्टराईको शब्द रहेको गीतमा आशिष र निरुषाको स्वर रहेको छ।

गीतको अडियो पनि सुन्दर बनेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले चलचित्रको हाइप बढाउनेमा निर्माण टिम विस्वस्त रहेको छ। सामाजिक प्रेमकथामा बनेको चलचित्र मङ्सिर १९ गतेबाट रिलिज हुदैछ।

उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा सिमोन गिरि, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्माको अभिनय रहेको छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्